AarthikBikash
सोमवार, माघ २१, २०८१
  • होमपेज
  • राजनीति
  • मौरीको संगत गर्नुस्, झिंगाले फोहोरको डंगुरमा पुर्‍याउँछ : प्रधानमन्त्री ओली

मौरीको संगत गर्नुस्, झिंगाले फोहोरको डंगुरमा पुर्‍याउँछ : प्रधानमन्त्री ओली

  • सोमवार, माघ २१, २०८१
मौरीको संगत गर्नुस्, झिंगाले फोहोरको डंगुरमा पुर्‍याउँछ : प्रधानमन्त्री ओली

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले झिंगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिने र मौरीको संगत गर्दा फूलबारीमा पुगिने बताएका छन् ।

काठमाडौंको बुढानीलकण्ठस्थित इम्पेरियल कलेजमा आयोजित युवासँगको अन्तक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले झिंगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिने र मौरीको संगत गर्दा फूलबारीमा पुगिने कुराको सधैं हेक्का राख्नुपर्ने बताए। उनले कहिल्यै पनि गलत संगतमा नलाग्न युवाहरूलाई आग्रह गरे।

प्रधानमन्त्री ओलीले भने,‘गलत संगतमा कहिल्यै नजानुस् । गलत ठिक छैन भन्नेबित्तिकै छाडिदिनुस् । संगठन टिक गर्नुस् । मैले भन्ने गरेको छु मौरीको साथ लाएर हिँड्यो भने फूलबारीमा पुगिन्छ । झिंगाको साथ लाएर उड्यो भने त्यसले फोहोरको डंगुरमा पुर्‍याउँछ । त्यसकारण फोहोरको डंगुरमा झिंगाको साथ लाएर जान हुँदैन ।’

प्रधानमन्त्री ओलीले जुनसुकै काम गर्दा पनि आफूले ठिक गरिरहेको छु वा छैन भन्नेकुरा ध्यान दिनुपर्ने बताए ।

काम सुरु गर्दा नै त्यसको परीक्षण गर्नुपर्ने बताउँदै यदी उक्त काम बेठिक छ भने तुरुन्तै छाडिदिन पनि प्रधानमन्त्री ओलीले युवाहरूलाई आग्रह गरे ।

Facebook Comments

सम्बन्धित समाचार