AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • राजनीति
  • नेपाल पछाडि पर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली

नेपाल पछाडि पर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली

  • सोमवार, माघ २१, २०८१
नेपाल पछाडि पर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्।

श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वर्ल्ड स्कुलद्वारा आयोजित ‘युवा अन्तर्क्रिया कार्यक्रम’ मा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

उनले सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताए। प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर र आधुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरूलाई विश्व बजारको प्रतिस्पर्धी बनाउने संकल्प पनि गरे।

उनले देशबाट गरिबी समाप्त पार्नुपर्ने र देशको स्वाधीनताको झण्डा झुक्न नदिने वाचा गरे।

प्रधानमन्त्री ओलीले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधिनमा बस्नु नपरेको स्मरण गराउँदै विद्यार्थीहरूलाई देशभक्तिलाई शीरमा बोकेर इमानदार बनेमा सफलतामा पुग्न सकिने सुझाव दिए।

उनले विद्यार्थीहरू अरुको बहकाबमा लाग्न नहुने र अशल नेपाली संस्कारलाई पछ्याउनु लाग्नुपर्नेमा जोड दिँदै युवाहरूका लागि स्वदेशमै अवसरहरूको सिर्जना गर्न सरकारले विशेष ध्यान दिइरहेको बताए।

सम्बन्धित समाचार