mega darknetmega darknet
AarthikBikash
शुक्रबार, मंसिर ६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • माओवादी केन्द्र सरकार बदल्ने खेलमा छैन : प्रचण्ड

माओवादी केन्द्र सरकार बदल्ने खेलमा छैन : प्रचण्ड

  • मङ्लबार, फाल्गुन २०, २०८१
माओवादी केन्द्र सरकार बदल्ने खेलमा छैन : प्रचण्ड

नेपालगञ्ज-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु नै गलत भएको बताएका छन् ।

कैलालीको टीकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा नेपालगञ्जमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले सामान्य अवस्थामा अध्यादेश ल्याउने विषय लोकतान्त्रिक हुन नसक्ने बताए। अध्यक्ष प्रचण्डले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले आफूहरु सरकार बदल्ने कुनै खेलमा नरहेको स्पष्ट गरे।

अध्यक्ष प्रचण्डले भने,‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हामीले सुरुदेखि नै भन्दै आएको हौं । सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को गरी बुझ्दै गएका छन्, त्यसैले यो सरकार जति टिक्छ, माओवादी केन्द्रलाई फाइदा हुन्छ । हामी जनताको बीचमा गइसकेका छौं, हामीलाई जनतातिरै ठिक छ ।’

उनले तथाकथित दुई तिहाईको राग अलाप्ने सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै अध्यादेश पास हुने अवस्था नरहेको बताए ।

अध्यक्ष प्रचण्डले पार्टीले सुरु गरेको जनतासँग माओवादी, तराई मधेश जागरण अभियानले पार्टीको जनतासँगको सम्बन्ध थप जीवन्त बनाउँदै लगेको बताए ।

सम्बन्धित समाचार