mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • दुई डीआईजीलाई आईजीपीको चेतावनी ,बदनाम घुमुवा तत्काल हटाउन निर्देशन !

दुई डीआईजीलाई आईजीपीको चेतावनी ,बदनाम घुमुवा तत्काल हटाउन निर्देशन !

  • मङ्लबार, फाल्गुन २०, २०८१
दुई डीआईजीलाई आईजीपीको चेतावनी ,बदनाम घुमुवा तत्काल हटाउन निर्देशन !

काठमाडौं-नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले मधेश प्रदेशका डीआईजी लालमणि आचार्यलाई सादा पोशाकका घुमुवा तत्काल हटाउन निर्देशन दिएका छन् ।

काजमा कार्यरत त्यस्ता घुमुवाहरुलाई तत्काल दरबन्दीमा फिर्ता गर्न उनले निर्देशन दिएका छन् ।

आईजीपी कुँवरले मधेशको डीआईजी हुँदा नै काजफिर्ता गरेका र हटाएका घुमुवालाई डीआईजी आचार्यले सादा पोशाकमा परिचालन गरी असुलीमा लगाएको समाचार अनलाइन नेपालले सोमबार प्रकाशित गरेको थियो ।

विगतमा कारबाहीस्वरुप हटाएका घुमुवालाई पुनः मधेश प्रदेशका रौतहट, बारा र पर्सामा परिचालन गरेको पाइएपछि डीआईजी आचार्यलाई तत्काल उनीहरुलाई हटाउन निर्देशन दिएको स्रोतले बताएको छ ।

आचार्यले नक्कली रक्सी बिक्री गर्ने गिरोहका नाइके सन्तोष बख्रेलको समुहसँग लाइन मिलाउन वरिष्ठ हबल्दार लक्ष्मण सापकोटालाई प्रदेशमा खटाएको स्रोत वताउँछ ।

आचार्य आगामी २०८२ जेठमा ३० बर्षे सेवावधिका कारण अवकाश हुँदैछन् । अवकाशअघि आईजीपी बसन्तबहादुर कुँवर, एआईजी टेकप्रसाद राईसहितका उच्च अधिकारी अवकाश भएपछि एआईजीपी बढुवाको लाइनमा पनि छन् ।

त्यसैगरी, लोथर, रातमाटे जस्ता नाकाबाट तस्करी हुने क्रम रोकिन सकेको छैन । रातमाटे पोष्ट र लोथरबाट डीआईजी कृष्णहरि शर्माले राखेका सईहरु बृजकुमार चौधरी र राजेश यादवलाई सरुवा गरेपछि पनि अझै तस्करी रोकिन सकेको छैन ।

स्रोतका अनुसार डीआईजी शर्माले सुरुमा काजमा ल्याएर पछि दरबन्दी कायम गरिएका  घुमुवा हवल्दारले नै तस्करीको सेटिङ मिलाउँदै आएका छन् ।

मधेश प्रदेशका जिल्लाबाट तस्करी भएका सामान बागमती प्रदेशको हेटौंडा हुँदै काठमाडौं आउने गरेको छ । तस्करीको सेटिङ पनि डीआईजीकै संरक्षणमा हुँदै आएको आरोप छ ।

कपिलबस्तु, रुपन्देहीको रुटबाट हुने गाईगोरु तस्करी रातमाटे प्रहरीको स्कर्टिङमा हुने गरेको समाचार त छताछुल्ल भइसकेको छ ।

प्रहरीमा जागिरमा प्रवेश गरेदेखि नै जुन ठाउँमा इन्चार्ज भएपनि विवादमा परेका डीआईजी शर्मा आगामी भदौमा अवकाश हुने भएकाले ५ महिनामा जतिसक्दो असुली अभियानमा छन् ।

उनले लमजुङको चितीमा सरुवा भएका असई राजेश साहलाई सुरुमा बसपार्क, त्यहाँ नभएपछि भैंसे र पछि चौकीटोलमा सरुवा गर्न एसपी विश्वराज खड्कालाई दबाब दिए ।

आइतबार एसपी खड्काले दबाब झेल्न नसकेपछि साहको काज चौकीटोल प्रहरी थानामा गरेका थिए । तर, प्रहरी प्रधान कार्यालयबाट साहलाई तुरुन्त रमाना दिएर लमजुङ पठाउन दबाब दिएपछि काज रद्द भएको थियो ।

डीआईजी शर्मा भने एसपी खड्कामाथि दोश थोपेरर उम्किने प्रयासमा छन्।

गलत क्रियाकलाप रोक्न भन्दा पनि समाचार कसले र किन मिडियामा दियो भनेर डीआईजी शर्माले  एसपी खड्कामाथि स्पष्टिकरण लिएको बागमती प्रदेशकै एक प्रहरी अधिकारीले वताए।

अवकाश अवधि नजिक भएका डीआईजीद्वय आचार्य र शर्मा बदनाम घुमुवा राखेर कमाउधन्दामा लिप्त भएको सूचनापछि आईजीपी कुँवरले सादा पोशाकमा खटिएका उनीहरुलाई तुरुन्त फिर्ता गर्न र नगरे कारबाही भोग्न तयार रहन चेतावनी समेत दिएको प्रहरी स्रोत बताउँछ ।

होलीको मुखमा  बाराका एसपी सन्तोष तामाङले केही हुन्डी कारोबारीसँग सेटिङ गरेको खबर पनि आईजीपीको सचिवालयसम्म पुगिसकेको स्रोत वताउँछ ।

सम्बन्धित समाचार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भोलि हुन लागेको ‘जेनजी’ आन्दोलन’मा समर्थन जनाएका छन्‌ ।  उनले उमेरका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको जानकारी गराएका छन् ।  सामाजिक सञ्जालहरूमा पोष्ट गर्दै उनले भनेका छन्- ‘भोलिको र्‍याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन(जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’  प्रिय जेनजी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?  जेनजी पुस्ताले स्वःस्फूर्त रूपमा र्‍याली आयोजना गर्न लागेकाले त्यसमार्फत आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरूलाई बाठो नबन्न पनि बालेनले आग्रह गरेका छन्‌ ।  यस्तै सामाजिक सञ्जालमा कडाइ गरिएको भन्दै जेनजी पुस्ता सामाजिक सञ्जालमै आक्रोश पोख्दै सडक सोमबारदेखि संसद्‌ भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट आन्दोलनको तयारीमा छ ।