AarthikBikash
बुधबार, बैशाख १०, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर रकम ठग्ने दुई जना पक्राउ

अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर रकम ठग्ने दुई जना पक्राउ

  • शुक्रबार, फाल्गुन २३, २०८१
अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर रकम ठग्ने दुई जना पक्राउ

काठमाडौं– अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर रकम ठगेको आरोपमा यहाँ दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–१२ घर भई हाल वडा नम्बर ५ बस्ने २८ वर्षीय अभिषेक यादव र २० वर्षीय अरुणकुमार यादव रहेको आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले विसं २०८० असारमा अर्को व्यक्तिको नागरिकता भेटेपछि दुवै जनाले मिलेमतोमा त्यसको दुरुपयोग गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको बताए ।

नागरिकतामा आरोपितमध्ये अरुणको फोटो टाँसेर विराटनगरस्थित सिटिजन्स बैंकमा खाता खोली अन्य व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरिरहेको खुल्न आएपछि पक्राउ गरिएको उनले जानकारी दिए । दुवै जनाविरुद्ध नागरिकतासम्बन्धी कसुर र ठगीमा जाहेरी परेको र अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार