mega darknetmega darknet
AarthikBikash
आइतवार, भदौ २२, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • होलीको शुभकामना दिँदै प्रधानमन्त्रीले भने : हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउँछन्

होलीको शुभकामना दिँदै प्रधानमन्त्रीले भने : हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउँछन्

  • बिहिबार, फाल्गुन २९, २०८१
होलीको शुभकामना दिँदै प्रधानमन्त्रीले भने : हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउँछन्

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले वसन्त ऋतुको फागु पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिने बताएका छन् । ‘होली पर्व’को अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । उनले फागु पूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिने बताए ।

‘आज फागु पूर्णिमा, यसलाई हामी होली पर्वका रूपमा मनाउँछौं। वसन्त ऋतुको यस पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ। शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्छन्, चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउँछ।’ शुभकामना दिँदै उनले भने,‘फागु पूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिन्छ।’

उनले प्राचीन शास्त्र वेदमा चन्द्रमालाई मनका देवता भनिएको उल्लेख गरेका छन्। उनले भने,‘मनमा हुने भावनात्मक उद्वेगले प्रकृति र पुरुष तत्त्व जागृत भएको र सृष्टि सहज भएको मानिन्छ- यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ। हर्ष र उमङ्गको क्रीडापर्व फागु पूर्णिमाको सबैलाई शुभकामना !’

उनले चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउने विश्वास व्यक्त गरे । ‘आज पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा भोलि दोस्रो दिन तराई–मधेशमा हर्षोल्लासका साथ मनाइने फागु पूर्णिमा (होली पर्व) २०८१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

रङ्हरूको पर्वका रूपमा स्थापित होली पर्व त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्दछ । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान हो,’ उनले भनेका छन् ।

सम्बन्धित समाचार