AarthikBikash
शुक्रबार, फाल्गुन ३०, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुनको भाउ इतिहासकै उच्च

सुनको भाउ इतिहासकै उच्च

  • शुक्रबार, फाल्गुन ३०, २०८१
सुनको भाउ इतिहासकै उच्च

काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ इतिहासकै उच्च विन्दूमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि गत फागुन १३ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला १ लाख ७१ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला १ लाख ७४ हजार ५ सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन हजार दुई सय रूपैयाँ बढी हो।

यस्तै बुधबार भने प्रतितोला १ लाख ७० हजार ५ सय रूपैयाँमा सुनको कारोबार भएको थियो । बुधबारको तुलनामा शुक्रबार भने सुनको मूल्य प्रतितोला चार हजार रूपैयाँ बढेको हो । यस्तै शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो ।

Facebook Comments

सम्बन्धित समाचार