AarthikBikash
शुक्रबार, फाल्गुन ३०, २०८१
  • होमपेज
  • राजनीति
  • राजनीतिक परिस्थिति गम्भीर बनेको समाजवादी मोर्चाको निष्कर्ष

राजनीतिक परिस्थिति गम्भीर बनेको समाजवादी मोर्चाको निष्कर्ष

  • शुक्रबार, फाल्गुन ३०, २०८१
राजनीतिक परिस्थिति गम्भीर बनेको समाजवादी मोर्चाको निष्कर्ष

काठकाडौं-समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत् जनसभा आयोजना गर्ने भएको छ ।

आज बसेको मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय गरेको हो ।

एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष मोर्चाले निकालेको छ ।

भोलि होटल हिमालयमा अन्तरक्रिया गर्ने र त्यसपछि पत्रकार सम्मेलन आयोजनाको तयारी गरिएको समाजवादी मोर्चाले जनाएको छ ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ सहभागी थिए।

एकीकृत समाजवादीबाट वरिष्ठ नेता प्रमेश हमाल, महासचिव घनश्याम भुसाल सहभागी छन्।

यस्तै नेकपाको तर्फबाट महासचिव नेत्रविक्रम चन्दलगायत सहभागी थिए।

Facebook Comments

सम्बन्धित समाचार