mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • स्टाफ कलेजसम्बन्धि रिटमा आज आदेश हुने

स्टाफ कलेजसम्बन्धि रिटमा आज आदेश हुने

  • सोमवार, चैत्र ३, २०८१
स्टाफ कलेजसम्बन्धि रिटमा आज आदेश हुने

काठमाडौं-नेपाल प्रहरीमा सुरु हुन लागेको स्टाफ कलेजसम्बन्धि रिटमा सर्वोच्च अदालतमा आज सुनुवाई हुने भएको छ ।

सर्वोच्चका न्यायाधीशहरू कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासमा सो रिटउपर सुनुवाई हुँदैछ।

नेपाल प्रहरीका २० डिएसपीले स्टाफ कलेज रोक्न माग गर्दै गत २६ फागुनमा रिट दायर गरेका हुन्। दोस्रो नम्बरमा नै राखेर रिटमा सुनुवाई गरी आज नै आदेशको तयारी छ ।

प्रहरीको स्टाफ कलेजको प्रवेश परीक्षा बुधबारदेखि सुरु हुन लागेको छ। जसकारण आज हुने आदेश निकै महत्वपूर्ण हुने बताइएको छ ।

सोमबार अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आफ्नो कार्यकालको उत्कृष्ट काममध्ये एक स्टाफ कलेज भएको बताएका छन् । तर, उनकै प्रहरी अधिकारी त्यसलाई असफल बनाउन लागेका छन्।

स्टाफ कलेज नगर्ने एसएसपीभन्दा माथि बढुवा हुन नपाउने गरी प्रहरीमा यो कोर्स लागू गर्न लागिएको हो ।

तर, अहिले कानूनमा नभएको कमजोरी झिकेर यसलाई रोक्ने प्रयास भइरहेको छ । खासगरी शक्तिकेन्द्रको आडमा रमाउने प्रहरी अधिकृत यसविरुद्ध लागेका बताइन्छ ।

सम्बन्धित समाचार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भोलि हुन लागेको ‘जेनजी’ आन्दोलन’मा समर्थन जनाएका छन्‌ ।  उनले उमेरका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको जानकारी गराएका छन् ।  सामाजिक सञ्जालहरूमा पोष्ट गर्दै उनले भनेका छन्- ‘भोलिको र्‍याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन(जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’  प्रिय जेनजी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?  जेनजी पुस्ताले स्वःस्फूर्त रूपमा र्‍याली आयोजना गर्न लागेकाले त्यसमार्फत आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरूलाई बाठो नबन्न पनि बालेनले आग्रह गरेका छन्‌ ।  यस्तै सामाजिक सञ्जालमा कडाइ गरिएको भन्दै जेनजी पुस्ता सामाजिक सञ्जालमै आक्रोश पोख्दै सडक सोमबारदेखि संसद्‌ भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट आन्दोलनको तयारीमा छ ।