AarthikBikash
शनिबार, फाल्गुन २३, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली मन्दिरमा गरे पूजाआजा

पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली मन्दिरमा गरे पूजाआजा

  • शनिबार, चैत्र ८, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली मन्दिरमा गरे पूजाआजा

गोरखा-पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखामा रहेको गोरखकाली मन्दिरमा पूजाआजा गरेका छन्। आज बिहान १० बजे गोरखा दरबार पुगेका उनले दरबारको अवलोकन गर्नुका साथै मन्दिरमा पूजाआजा गरेका हुन्।

पूर्वराजा शाह बिहान ९ बजे आबुखैरेनीबाट मोटरसाइकल र्‍यालीसहित त्यहाँ पुगेका थिए। उनले दुई घण्टासम्म पूजाआजा गरेका थिए। उनलाई त्यहाँ शिवसेना तथा उनका समर्थकहरूले स्वागत गरेका थिए।

पूर्वराजा शाह आबुखैरेनी फर्किएका छन्। भोलि मनकामना मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार