AarthikBikash
बुधबार, चैत्र १९, २०८१
  • होमपेज
  • राजनीति
  • गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शन : बिहानैदेखि सवारी ‘डाइभर्ट’

गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शन : बिहानैदेखि सवारी ‘डाइभर्ट’

  • शुक्रबार, चैत्र १४, २०८१
गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शन : बिहानैदेखि सवारी ‘डाइभर्ट’

काठमाडौं– काठमाडौंमा आज राजावादी र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन् । जसकारण आज बिहानैबाट सवारी डाइभर्सन सुरु भएको छ ।काठमाडौंको तीनकुनेमा राजावादी र भृकुटीमण्डपमा गणतन्त्रवादीहरू प्रदर्शन गर्दा हुने सवारी जामलाई लक्षित गर्दै बिहानैबाट सवारी डाइभर्सन सुरु भएको हो । सवारी डाइभर्सनका कारण कार्यालय जाने कर्मचारीहरू विशेषेगरी प्रभावित भएका छन् । बिहानैदेखि सवारी जाम हुनसक्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि आज एक हजार ८०० ट्राफिक प्रहरी खटाइएको बताइएको छ ।

ट्राफिक प्रहरीका अनुसार, रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन असहज भइसकेको छ । एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, बानेश्वर क्षेत्रका सडकमा पनि सवारी आवागमनमा समस्या देखिसकेको छ । नवराज सुवेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा खडा भएको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन् । भृकुटीमण्डपमा ११ बजेदेखि र तीनकुनेमा १ बजेदेखि प्रदर्शन हुने तय भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार