AarthikBikash
सोमवार, बैशाख ८, २०८२
  • होमपेज
  • राजनीति
  • तोलामा १ लाख ८१ हजार नाघ्यो सुनको मूल्य

तोलामा १ लाख ८१ हजार नाघ्यो सुनको मूल्य

  • बिहिबार, चैत्र २७, २०८१
तोलामा १ लाख ८१ हजार नाघ्यो सुनको मूल्य

काठमाडौं– बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज सुन तोलामा ५ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो।

अघिल्लो दिन तोलामा २ हजार बढेको सुन बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ बढ्यो । अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुग्यो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो । त्यस्तै चाँदी ६५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन १८३५ रुपैयाँ रहेकोमा आज १९०० रुपैयाँ पुग्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेसँगै सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेको हो। अन्तर्राष्ट्रिय बजारमा एकैदिन सुनको भाउ ४ प्रतिशतभन्दा धेरै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३१०० डलर नाघेको छ । सुनसँगै ठूला सेयर बजारमा समेत वृद्धि देखिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार