AarthikBikash
सोमवार, बैशाख ८, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्ने तयारी

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्ने तयारी

  • शुक्रबार, चैत्र २८, २०८१
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्ने तयारी

काठमाडौं – तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने तयारी गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको हो ।

यसअघि गत २६ चैतमा सोही प्रदर्शनमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो ।

उनीहरूसँगै म्याद मिलान गर्नका लागि १२ दिनको म्याद थप गर्नका लागि समय मागिएको

प्रसाईंसँगै पक्राउ परेका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न प्रहरीले माग गरेको छ ।

भारतबाट पक्राउ परेका प्रसाईंलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।

त्यहाँ आवश्यक कागजात मिलाएर प्रसाईंलाई अहिले सरकारी वकिलको कार्यालय लगिएको हो ।

उनीविरुद्ध आजै म्याद थप गर्ने तयारी छ ।

ज्यान मार्ने उद्योग लगायतका कसुरमा उनीविरुद्ध मुद्दा चलाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार