काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सिद्धबाबा सुरुङमार्ग निर्माण निर्धारित समयमा नै सम्पन्न हुने बताएका छन्। सुरुङमार्गको निरिक्षण गर्दै अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन् । उनले समयमा नै निर्माण सम्पन्न हुने र यात्रा सुरक्षित हुने बताए।अर्थमन्त्री पौडेलले सुरुङमार्ग निर्माण समयमै सम्पन्न हुने भन्दै योजना समयमै सम्पन्न हुने मान्यता स्थापित हुने बताए । यो सुरुङ निर्माण भएपछि यसले पूर्वाधार निर्माणमा एउटा छुट्टै उदाहरण कायम गर्ने उनको भनाई छ।
यो योजना समयमै निर्माण हुँदा अन्य सबै योजनालाई समयमा सक्नका निम्ति यसले प्रेरणा र दबाब दिने पौडेलले बताए । सरकारले यो योजना समयमा सक्नेगरी निर्माण कार्यअगाडि बढाउन जोड दिइरहेको उनले बताए । भौतिक पूर्वाधार मन्त्रालय, अर्थ मन्त्रालय, निर्माण कम्पनी लगायत सम्बन्धित सबै निकायले चासोका साथ समन्वय गरिरहेको अर्थमन्त्री पौडेलको भनाई छ ।