AarthikBikash
आइतवार, बैशाख २१, २०८२
  • होमपेज
  • राजनीति
  • सांसदहरूलाई ओलीले भने : माननीयजीहरूले नीतिबारे बोल्दा चिप्लिने होईन, स्ट्रङ, स्पष्ट होस्

सांसदहरूलाई ओलीले भने : माननीयजीहरूले नीतिबारे बोल्दा चिप्लिने होईन, स्ट्रङ, स्पष्ट होस्

  • शनिबार, बैशाख २०, २०८२
सांसदहरूलाई ओलीले भने : माननीयजीहरूले नीतिबारे बोल्दा चिप्लिने होईन, स्ट्रङ, स्पष्ट होस्

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले लिएका सबै नीतिहरू सही भएको बताएका छन् ।

सरकारी निवास बालुवाटारमा शनिबार आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले भने ,‘हाम्रा नीतिहरू सही छन् । ढुक्कले सहि छन् भन्ने कुरामा अगाडि बढ्नु भए हुन्छ । विपक्षी भएपछि जे भए पनि विरोध गर्नुपर्छ लाग्या छ । कुनै एउटा बुँदाको पनि समर्थन गर्ने छैन ।’

उनले विपक्षीले भनेको कुरामा सत्यता छ कि भनेर धेरै घोत्लिन पनि आवश्यक नरहेको बताए ।

सरकारले हिजो मात्रै ल्याएको नीति तथा कार्यक्रमको छलफलमा अध्ययन राम्रो बनाएर प्रस्तुत हुन ओलीले सांसदहरूलाई निर्देशन दिए ।

ओलीले भने, ‘माननीयजीहरूले बोल्दा कुनै चिप्लिने खालको कुरा नहोस्, स्ट्रङ, स्पष्ट होस् ।’

सम्बन्धित समाचार