AarthikBikash
बिहिबार, जेष्ठ ९, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • प्रतिनिधिसभा बैठक बस्दै, मन्त्री सांसदले उठाएका प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्री सांसदले उठाएका प्रश्नको जवाफ दिने

  • सोमवार, जेष्ठ ६, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, मन्त्री सांसदले उठाएका प्रश्नको जवाफ दिने

काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

बैठकमा गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिर्ने कार्यसूची रहेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले ‘पूर्वाधार विकास समितिको प्रतिवेदनसहित जलस्रोत विधेयक, २०८१ ’ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् ।

मन्त्री खड्काले ‘जलस्रोत विधेयक, २०८१’ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार