AarthikBikash
शुक्रबार, जेष्ठ १०, २०८२
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री ओलीलाई भेट्न गएनन् देउवा

प्रधानमन्त्री ओलीलाई भेट्न गएनन् देउवा

  • सोमवार, जेष्ठ ६, २०८२
प्रधानमन्त्री ओलीलाई भेट्न गएनन् देउवा

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार साँझ हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

सत्तासाझेदार दलका दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ७ बजे भेटवार्ता गर्ने तयारी थियो । तर, देउवा नगएपछि भेटवार्ता स्थगित भएको हो ।

दुई नेताबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा छलफल हुने बताइएको थियो । देउवा नजानुको कारण भने खुलाइएको छैन । यसअघि मन्त्रिपरिषद् बैठक पनि स्थगित भएको थियो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल अध्यक्षताको गभर्नर सिफारिस समितिको बैठक नबसेको भन्दै मन्त्रिपरिषद् बैठक नराखिएको बताइएको छ । यता प्रधानमन्त्री ओली विश्व पौडेललाई गभर्नरमा नियुक्ति गर्न नचाहेको आरोप छ ।

यद्यपि यसअघि कांग्रेस र एमालेबीच पौडेललाई गभर्नर बनाउने सहमति भएको थियो । योसँगै गभर्नर नियुक्ति थप अनिश्चित बनेको छ । गत चैत २५ गतेयता केन्द्रीय बैंक नेतृत्वविहीन छ।

सम्बन्धित समाचार