काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन् । चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी जेठ १० गते बेइजिङ प्रस्थान गर्ने भएकी हुन् ।
एक साता लामो भ्रमणले दुई देशबीचको सांस्कृतिक र राजनीतिक सम्बन्धमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।