काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले नेपाली कांग्रेसका सांसदहरूको उपस्थिति संसद्मा कम रहेको भन्दै आपत्ति जनाएकी छिन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले कांग्रेस सांसदहरू संसद्मा कम रहेको बताएकी हुन् ।
उनले कांग्रेस सांसदहरू आज गभर्नर खोज्न हो कि प्रधानमन्त्री खोज्न गएको भन्दै प्रश्न गरिन् ।
उनले भनिन, ‘आज त नेपाली कांग्रेसका माननीयज्युहरू त सात, आठ जनादेखि बढ्ता त देखिँदैन नि । उहाँहरू कता जानुभयो ? गभर्नर खोज्न जानुभयो की प्रधानमन्त्री खोज्न ? तपाईंहरू एकदमै कम संख्यामा हुनुहुन्छ । ठूलो पार्टी भएको भएर मलाई त शंका लागेको छ ।’
ठूलो पार्टी भइसकेपछि संसद्मा पनि ठूलै उपस्थिति हुनु जरुरी रहेको उनको भनाइ छ ।