mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • आज स्पेन जाँदै प्रधानमन्त्री ओली

आज स्पेन जाँदै प्रधानमन्त्री ओली

  • शनिबार, असार १४, २०८२
आज स्पेन जाँदै प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन जाने भएका छन् । उनी असार १६ देखि १९ गतेसम्म सेभियामा आयोजना हुने चौथो अन्तर्राष्ट्रिय विकास वित्तपोषण सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

स्पेनका राष्ट्रपति पेड्रो सान्चेज पेरेज–कास्टेजोन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको संयुक्त निमन्त्रणामा प्रधानमन्त्री ओली स्पेन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको स्पेन भ्रमणमा उनीसँग श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल र अन्य उच्चपदस्थ सरकारी अधिकारीहरू रहनेछन् ।

प्रधानमन्त्रीले अति कम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षको हैसियतमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीले उच्चस्तरीय कार्यक्रमहरूको अध्यक्षता र सम्मेलनका साइडलाइनमा आयोजना गरिने अन्य कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ ।

प्रधानमन्त्री ओलीले विभिन्न देशका आफ्ना समकक्षी र अन्य उच्चस्तरीय विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।

प्रधानमन्त्री ओली असार २० गते स्वदेश फर्कने कार्यक्रम छ ।

सम्बन्धित समाचार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भोलि हुन लागेको ‘जेनजी’ आन्दोलन’मा समर्थन जनाएका छन्‌ ।  उनले उमेरका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको जानकारी गराएका छन् ।  सामाजिक सञ्जालहरूमा पोष्ट गर्दै उनले भनेका छन्- ‘भोलिको र्‍याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन(जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’  प्रिय जेनजी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?  जेनजी पुस्ताले स्वःस्फूर्त रूपमा र्‍याली आयोजना गर्न लागेकाले त्यसमार्फत आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरूलाई बाठो नबन्न पनि बालेनले आग्रह गरेका छन्‌ ।  यस्तै सामाजिक सञ्जालमा कडाइ गरिएको भन्दै जेनजी पुस्ता सामाजिक सञ्जालमै आक्रोश पोख्दै सडक सोमबारदेखि संसद्‌ भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट आन्दोलनको तयारीमा छ ।