кракен ссылкакракен ссылка
AarthikBikash
बुधबार, साउन २२, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • Вот актуальная кракен даркнет для входа.
  • दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न दिएको आदेश विरुद्ध सरकार सर्वोच्च जाने

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न दिएको आदेश विरुद्ध सरकार सर्वोच्च जाने

  • मङ्लबार, साउन २१, २०८२
दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न दिएको आदेश विरुद्ध सरकार सर्वोच्च जाने

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न दिएको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएको हो।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीले उक्त आदेश प्रचलित कानून र न्यायको मान्य सिद्धान्त विपरीत भएकाले आदेश बदरको माग गरेर आफूहरु सर्वोच्च जाने बताए । त्यसका लागि आदेश र अरु फाइल अध्ययन गरी राय पेश गर्न महान्यायाधिवक्ता कार्यालयले उच्च सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएको थियो ।

१५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई उच्च अदालत पाटनले आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न आदेश दिएको थियो । तीनकुने घटनामा प्रसाईँसँग उच्च अदालतले ३ लाख मात्रै धरौटी माग गरेको थियो। तर, बैंकिङ कसुरसम्बन्धी मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी माग गरेको थियो। बैंकिङ कसुरमा उनीविरूद्ध १८ करोड ४४ लाख रूपैयाँ बिगो थियो।

सम्बन्धित समाचार