mega darknetmega darknet
AarthikBikash
आइतवार, कार्तिक ३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • चीन भ्रमण नेपालका लागि लाभदायक हुनेछ : प्रधानमन्त्री ओली

चीन भ्रमण नेपालका लागि लाभदायक हुनेछ : प्रधानमन्त्री ओली

  • शुक्रबार, भदौ १३, २०८२
चीन भ्रमण नेपालका लागि लाभदायक हुनेछ : प्रधानमन्त्री ओली

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आगामी चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन् ।

पाँच दिन लामो यो भ्रमण नेपालका लागि लाभदायक हुने विश्वास व्यक्त गर्दै उनले नेपालको कूटनीतिक र आर्थिक हितलाई यसले नयाँ उचाइमा पुर्याउने बताए।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले शाङ्घाई सहयोग संगठन (एससिओ) मा सहभागिता विस्तार गर्दै लगेको जानकारी दिए ।

उनले विश्वकै ठूलो क्षेत्रीय संगठनका रूपमा विकसित भइसकेको एससिओमार्फत नेपालले अत्यधिक लाभ लिन सक्ने विश्वास प्रकट गरे।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट हुने र विभिन्न मित्रराष्ट्रका सरकारप्रमुखहरूसँग पनि वार्ता हुने जानकारी दिए। सो कार्यक्रममा कम्तीमा ५० देशका प्रतिनिधिहरू सहभागी हुनेछन्।

सम्बन्धित समाचार