mega darknetmega darknet
AarthikBikash
बिहिबार, कार्तिक २१, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • एमालेको बहिष्कारपछि धरानको प्रस्तावित बजेट अल्पमतबाटै पारित

एमालेको बहिष्कारपछि धरानको प्रस्तावित बजेट अल्पमतबाटै पारित

  • आइतवार, भदौ १५, २०८२
एमालेको बहिष्कारपछि धरानको प्रस्तावित बजेट अल्पमतबाटै पारित

विराटनगर-धरान उपमहानगरपालिकाको शुक्रवार बसेको कार्यपालिका बैठकमा अल्पमतबाट आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित गरिएको छ ।

शुक्रबार कार्यपालिका बैठकमा सहमति नजुटेपछि मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा, कांग्रेस, माओवादी र राप्रपाका जनप्रतिनिधि एकठाउँ उभिएर बजेट अनुमोदन गरेको घोषणा गरेका हुन् ।

बैठकमा एमाले नगर कार्यदलका प्रमुख सचेतक अनुप देवान र धरान १० का वडाध्यक्ष विवेक राईले बजेट पुनर्लेखन गरेर पेस गर्नुपर्ने मागसहित ५ बुँदे जानकारी पत्र दिएर बैठक बहिस्कार गरेका थिए ।

एमालेले ५ बुदे पत्रमा घाटा बजेट स्वीकार गर्न नसक्ने, करको दर अत्यधिक वृद्धि गरिएको, राजश्व परामर्श समितिले दिएको राय विपरीत आफूखुसी करको दर बढाइएको भन्दै विरोध गरेको छ।

राजश्व परामर्श समितिले १ अर्ब ६० करोड सीमा दिए पनि स्रोत अनुमान र सिलिङ समितिले २ अर्ब २० करोडको बजेट प्रस्ताव गरेको एमालेको भनाइ छ।

१५ जना कार्यपालिका सदस्य बैठक बहिष्कार गरेर छाडेर हिँडेको र बजेट अनुमोदन गरेको मेयर साम्पाङको दाबी छ । एमालेका जनप्रतिनिधि बाहिरिएपछि मेयर, उपमेयर र वडाध्यक्ष गरी ११ जनाको उपस्थितिमा बजेट अनुमोदनको एकतर्फी निर्णय गरिएको हो ।

उपमेयर आइन्द्रविक्रम बेघाले अब सिलिङका आधारमा बजेट ब्रेक डाउन गरेर अर्को कार्यपालिका बैठकमा पेस गर्ने र नगरसभाबाट पारित गर्ने बताए ।

असार १० गतेसम्म बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएपनि आन्तरिक किचलोले धरानको बजेट २ महिना ढिला भइसकेको छ ।

सम्बन्धित समाचार