AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • निजामती कर्मचारीको अवकाश उमेरहद बढाउने अडानबाट पछि हट्यो सरकार

निजामती कर्मचारीको अवकाश उमेरहद बढाउने अडानबाट पछि हट्यो सरकार

  • मङ्लबार, भदौ १७, २०८२
निजामती कर्मचारीको अवकाश उमेरहद बढाउने अडानबाट पछि हट्यो सरकार

काठमाडौं– निजामती विधेयकमा कर्मचारीहरूको अवकाश उमेर हद बढाउने प्रस्तावबाट सरकार पछि हटेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आजको बैठकमा प्रतिनिधि सभाबाट पारित व्यवस्थाअनुसार नै अघि बढ्न सहमत भएको बताएकी हुन्।

यसअघि समितिको बैठकमा कर्मचारीहरूको अवकाश उमेर हद ऐन पारित भएको आर्थिक वर्षमै ५९ वर्ष बनाउनुपर्ने प्रस्ताव राखेकी थिइन्। तर उनको अडान अल्पमतमा पर्ने निश्चितपछि आज समितिको बैठकमा उनले व्यक्तिगत स्वार्थ र लाभ केही नभएको बताउँदै अडानबाट पछि हटेको जानकारी गराएकी छन् ।

उनले भनिन्- ‘अवकाशको उमेरबारे हिजोसम्म निष्कर्षमा पुग्न सकेनौं। सहज रूपमा ग्रहण गरिदिनुस् भनेर आग्रह गरेँ। मैले व्यक्तिगत लाभका लागि केही पनि गर्दिनँ। कसैको अनुचित लाभका लागि म केही पनि गर्दिनँ। कर्मचारीको साथ आवश्यक हुन्छ। उनीहरूको मनोबल माथि उठाउन सरकारले ध्यान दिनुपर्छ। सबै कर्मचारीको हित कसरी हुन्छ भनेर सोचिएको हो। मैले यही अधिवेशनबाट विधेयक दुवै सदनबाट पारित हुन्छ भन्ने प्रतिबद्धता जनाएको थिए। अहिले पनि प्रतिबद्ध छु। बहुमत अल्पमतमा नजाऔँ ।’ मन्त्री नै आफ्नो प्रस्तावबाट पछि हटेपछि अब प्रतिनिधि सभाले पठाएको उमेरहद सम्बन्धी व्यवस्था कायम हुने भएको छ ।

सम्बन्धित समाचार