AarthikBikash
बिहिबार, चैत्र १२, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • झुम्का कारागारमा भाइरल ज्वरो : चार दिनभित्र ३ जनाको मृत्यु

झुम्का कारागारमा भाइरल ज्वरो : चार दिनभित्र ३ जनाको मृत्यु

  • बिहिबार, भदौ १९, २०८२
झुम्का कारागारमा भाइरल ज्वरो : चार दिनभित्र ३ जनाको मृत्यु

काठमाडौं– सुनसरीको झुम्का कारागारमा चार दिनभित्र तीन जना कैदी बन्दीको मृत्यु भएको छ। भाइरल ज्वरोका कारण कैदीबन्दीहरूमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने जस्ता लक्षण देखिएकोले उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो। सुनसरी प्रहरी कार्यालयका अनुसार पछिल्लो पटक बुधबार दिउँसो अचानक बेहोस् भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएका सप्तरीको राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको बुधबार साँझ मृत्यु भएको छ। उनी जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए।

यसअघि गत १५ गते एक जना र १६ गते अर्का एक कैदीको मृत्यु भएको थियो। कारागार प्रशासनका अनुसार सुनसरीको गढी गाउँपालिका–६ बस्ने ४८ वर्षीय रामदेव उराव र धरानका २४ वर्षीय सागर राईको मृत्यु भएको थियो। उराव कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए भने राई लागूऔषध मुद्दामा पुर्पक्षको लागि कारागारमा रहेका थिए। निमित्त जेलर राम निरौलाका अनुसार अहिले उच्च ज्वरोका कारण १९ जना विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत छन्।

जेलर निरौलाले भने- ‘ज्वरो देखिएपछि जेलर निरौलाले भने, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपासँग सहकार्य गरेर शिविर चलाइयो । चिकित्सकको टोली भाइरल ज्वरो हो भन्ने निष्कर्षमा पुग्नु भएको छ,अहिले आत्तिनुपर्ने अवस्था छैन।’ झुम्का कारागारमा ब्लक ‘ए’ र ‘बी’ गरी १७ सय ९५ कैदी रहेको कारागार प्रशासनले जनाएको छ।

सम्बन्धित समाचार