काठमाडौं-जेनजी आन्दोलनका घाइतेहरूलाई प्रधानमन्त्री सुशीला कार्की भेट्न सिंहदरबार पुगेका बेला प्रहरीले नियन्त्रणमा लिएर बाहिर छाडिदिएको छ ।
घाइतेहरू बिहानै सिंहदरबारको गेटमा पुगेर आन्दोलन हामी नेपालका सुदन गुरुङको समूहले अपहरण गरेको भन्दै आक्रोश पोख्न प्रधानमन्त्रीसँग भेट्न खोजेका थिए । सुरुमा प्रहरीले भित्र पस्न नदिएपछि उनीहरू गेटमै धर्नामा बसेका थिए।
पछि प्रहरीकै सहयोगमा गृहमन्त्रालयभित्र पु¥याइएका उनीहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका थिए ।
सो क्रममा घाइतेहरूले सुदन गुरुङलाई जेन–जी आन्दोलनको नेता नभएको स्पष्ट गर्दै, शहीद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधि सह्य नहुने चेतावनी दिएका थिए।
तर प्रधानमन्त्रीसँग भेट्ने क्रममा उनीहरू आक्रोशित सुनिन थालेपछि प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार बाहिर ल्याइदिएको हो।