AarthikBikash
मङ्लबार, फाल्गुन २६, २०८२
  • होमपेज
  • राजनीति
  • मंसिरभित्रै विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प जस्तै हो : गगन थापा

मंसिरभित्रै विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प जस्तै हो : गगन थापा

  • शुक्रबार, पुस ४, २०८२
मंसिरभित्रै विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प जस्तै हो : गगन थापा

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन गर्नु ‘निर्विकल्प’ भएको बताएका छन् ।

सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नियमित अधिवेशनको समय भ्याइनभ्याइ भएकाले मंसिर २७-२८ गते विशेष महाधिवेशन गर्नैपर्ने स्पष्ट पारेका हुन् ।

उनले भने- ‘मैले नियमित महाधिवेशन गर्न सकिन्छ भनेर नै कार्यतालिका पेस गरेको हुँ। केही साथीहरू सकिँदैन भन्नुहुन्छ। त्यसका लागि उत्तम बाटो भनेको विशेष महाधिवेशन हो। मंसिरको २७र२८ गते जुन दिन उपयुक्त हुन्छ विशेष महाधिवेशन गर्ने। र नयाँ नेतृत्व ल्याउने। विशेष महाधिवेशन नै निर्विकल्प हो।’

महामन्त्री थापाले कांग्रेस आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने घोषणा गरे । साथै चुनावमा भाग नलिने भनिरहेका दलहरुसँग संवादमार्फत निर्वाचनमा ल्याउने प्रयास कांग्रेसले गर्ने पनि बताए ।

राजनीतिक दलहरूले निर्वाध गतिविधि गर्न पाउनुपर्ने वातावरण बनाउन सरकार गम्भीर नरहेको बताउदै उनले भने- ‘हातहतियार बाहिर छन्, कैदीहरू फरार छन् । राजनीतिक दलहरूले निर्वाध रूपमा गतिविधि गर्न पाउनुपर्छ।’

थापाले कांग्रेसले शान्तिको राजनीतिको नेतृत्व गर्नुपर्ने र अहिलेको जटिल अवस्थाबाट निस्कन फागुन २१ को निर्वाचन नै एक मात्र विकल्प भएको दाबी गरे ।

उनले केही दल तथा समूहहरूले उत्तेजना र प्रतिशोध फैलाइरहेको भन्दै त्यसविरुद्ध कांग्रेस दृढतापूर्वक उभिने पनि बताए ।

सम्बन्धित समाचार