AarthikBikash
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ११औं एमाले महाधिवेशन बन्दसत्र: धमाधम उम्मेदवारी फारम बाँडिँदै

११औं एमाले महाधिवेशन बन्दसत्र: धमाधम उम्मेदवारी फारम बाँडिँदै

  • शुक्रबार, पुस ४, २०८२
११औं एमाले महाधिवेशन बन्दसत्र: धमाधम उम्मेदवारी फारम बाँडिँदै

काठमाडौं– नेकपा एमालेको जारी ११औं महाधिवेशनमा उम्मेदवारहरूले फारम लैजाने क्रम जारी छ। भृकुटीमण्डपमा जारी महाधिवेशनमा अहिले उम्मेदवारको मनोनयन फारम वितरण गर्ने काम भइरहेको छ । फारम विभिन्न तीन ठाउँबाट वितरण भइरहेको छ। निर्वचन आयोगका एक सदस्यले दिएको जानकारी अनुसार हालसम्म करिब १४ सय बढी जनाले उम्मेदवारी फारम लगेका छन्।

महाधिवेशन स्थलमा विभिन्न प्रदेशका प्रतिनिधिहरू आफ्नो प्रदेशबाट पठाउने केन्द्रीय सदस्यका बारेमा छलफल गरिरहेका छन्। पदाधिकारीमा प्रतिस्पर्धा गर्ने दुबै पक्षका उम्मेदवार भने लगभग टुंगिसकेको छ। प्रदेशका प्रतिनिधीहरू छलफल गरेर सर्वसहमति नाम पठाउने तयारी गरिरहेका छन्। उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १०:३० देखि दिउँसो १:३० सम्मको समय दिएको छ।

उम्मेदवारहरुको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिने छ । त्यसपछि उम्मेदवारहरुको प्रारम्भिक नामावली उपर उजुरी दिने समय सुरु हुने छ । उजुरी दिने समय दिँसो साढे २ बजेदेखि ३ बजेसम्म तोकिएको छ । उजुरीमाथि जाँचबुझ लगायतका प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । मतदान भने भोलि पुस १ गते हुनेगरी निर्वाचन तालिका छ। केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।

सम्बन्धित समाचार