AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • राजनीति
  • मिराज ढुंगाना समूहलाई प्रहरीले माइतीघरबाट हटायो

मिराज ढुंगाना समूहलाई प्रहरीले माइतीघरबाट हटायो

  • सोमवार, पुस ७, २०८२
मिराज ढुंगाना समूहलाई प्रहरीले माइतीघरबाट हटायो

काठमाडौं-प्रदर्शन गर्न माइतीघर पुगेको मिराज ढुंगाना समूहका केही जेनजीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मिराजको समूह अनुमतिका लागि सोमबार बिहान १० बजेतिर जिल्ला प्रशासन काठमाडौं गएको थियो। तर, प्रशासनले माइतीघरमा उक्त समूहलाई प्रदर्शन गर्न रोक लगाएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै मिराज ढुंगाना, रविकिरण हमालसहितका जेनजी प्रदर्शनमा उत्रिएका थिए ।

अनुमतिबिना नै प्रदर्शन गर्न गएपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको हो। सोही क्रममा केही जेनजीहरू पक्राउ समेत परेका छन् । उनीहरूलाई भ्यानमा राखेर सुरक्षित स्थानमा लगिएको छ।

सर्वदलीय सरकार गठनको माग गर्दै उक्त समूहले आज प्रदर्शन गरेको थियो ।

सम्बन्धित समाचार