पोखरा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न आज पोखरा पुगेका छन् ।
जिल्ला अदालत कास्कीमा उपस्थित भई तारिख बुझ्ने प्रयोजनका लागि लामिछाने पोखरा आएका हुन् ।
उनी सूर्यदर्शन सहकारी ठगी प्रकरणमा २०८१ कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए भने पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।
अदालतको आदेशअनुसार उनी नियमित रूपमा तारिख बुझ्न उपस्थित हुँदै आएका छन् ।