AarthikBikash
मङ्लबार, जेष्ठ १२, २०८३
  • होमपेज
  • राजनीति
  • बालेन, रवि र कुलमानलक्षित ओलीको टिप्पणी- २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्

बालेन, रवि र कुलमानलक्षित ओलीको टिप्पणी- २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्

  • बुधबार, पुस २३, २०८२
बालेन, रवि र कुलमानलक्षित ओलीको टिप्पणी- २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह र कुलमान घिसिङले आगामी २० वर्षभित्र निर्वाचन जित्न नसक्ने दाबी गरेका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले भने- ‘हामी चुनाव भयो भने सहभागी हुन्छौँ र जित्छौँ । तर सुन्छु एमाले-कांग्रेसले जित्छ भने चुनाव नगराउने रे, अनि फलानाले जित्छ भने मात्रै गराउने रे। ती तीनै जनाले अब कमसेकम २० वर्षसम्म चुनाव जित्ने छैनन् ।’

उनले सरकारमाथि पनि प्रश्न उठाउँदै भने कि न्यायालयमाथि धम्की बढिरहेको अवस्थामा कसरी निर्वाचन गराउन सकिन्छ र सरकारले निर्वाचनको सट्टा अन्यत्र ध्यान दिएको आरोप लगाए ।

अध्यक्ष ओलीले दोहोर्‍याएर भने कि निर्वाचन गराए एमालेले जित्छ र लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउने प्रयास अस्वीकार्य रहेको बताएका छन् ।

सम्बन्धित समाचार