AarthikBikash
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • एकैपटक ४४ सरकारी वकिलको सरुवा, ८ जनाको पदास्थापन

एकैपटक ४४ सरकारी वकिलको सरुवा, ८ जनाको पदास्थापन

  • शुक्रबार, पुस २५, २०८२
एकैपटक ४४ सरकारी वकिलको सरुवा, ८ जनाको पदास्थापन

काठमाडौं-न्याय सेवा आयोगले एकै पटक ४४ जना सरकारी वकिललाई सरुवा गर्न न्याय परिषद् सामु सिफारिस गरेको छ । सरुवा कार्यान्वयनमा आएसँगै

उपसचिव वा सो सरहका सरकारी वकिलहरुको जिम्मेवारी पनि हेरफेर हुने भएको छ।

अब महान्यायाधिवक्ताको कार्यालयसहित देशका उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिलहरु हेरफेर हुनेछन्।

न्याय सेवा आयोगले सरकारी वकिल समूहकै प्रथम श्रेणीमा ८ जनालाई बढुवा तथा पदस्थापन गर्न पनि सिफारिस गरिएको छ। यी मध्ये ४ जनालाई जेष्ठताका आधारमा र ४ जनालाई कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवा गर्न सिफारिस गरिएको हो।

यस्तो छ सरुवा र पदस्थापनको सूचीः

सम्बन्धित समाचार