AarthikBikash
सोमवार, पुस २८, २०८२
  • होमपेज
  • राजनीति
  • विशेष महाधिवेशनस्थल भृकुटीमण्डप पुगे गगन

विशेष महाधिवेशनस्थल भृकुटीमण्डप पुगे गगन

  • आइतवार, पुस २७, २०८२
विशेष महाधिवेशनस्थल भृकुटीमण्डप पुगे गगन

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विशेष महाधिवेशनको औपचारिक उद्घाटनका लागि महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका छन् ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको हो । पार्टीलाई सुदृढ, संगठित र जीवन्त बनाउने उद्देश्यसहित आयोजना गरिएको विशेष महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ ।

महाधिवेशन स्थल भृकुटीमण्डपमा देशका विभिन्न स्थानबाट आएका कार्यकर्ता तथा प्रतिनिधिहरू बाजागाजासहित जुलुस निकाल्दै सहभागी हुने क्रम जारी छ।

जुलुस, नाराबाजी र सांस्कृतिक प्रस्तुतिका कारण महाधिवेशन स्थलमा उत्साहपूर्ण र उल्लासमय माहोल देखिएको छ ।

सम्बन्धित समाचार