AarthikBikash
सोमवार, पुस २८, २०८२
  • होमपेज
  • राजनीति
  • विशेष महाधिवेशन कार्यविधि-२०८२ सर्वसम्मत पारित

विशेष महाधिवेशन कार्यविधि-२०८२ सर्वसम्मत पारित

  • सोमवार, पुस २८, २०८२
विशेष महाधिवेशन कार्यविधि-२०८२ सर्वसम्मत पारित

काठमाडौं-नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत भृकुटीमण्डपमा जारी बन्दसत्रमा पेस गरिएको विशेष महाधिवेशन कार्यविधि-२०८२ सर्वसम्मत रूपमा पारित भएको छ ।

अधिवक्ता तथा महाधिवेशन प्रतिनिधि नारायण भट्टराईले बन्दसत्रमा पेस गरेको उक्त कार्यविधि प्रतिनिधिहरूको सहमतिमा पारित गरिएको हो।

कार्यविधिमा विशेष महाधिवेशनले गर्ने छलफल, एजेन्डा प्रस्तुत गर्ने प्रक्रिया, निर्णयको ढाँचा तथा कार्यसूची समेटिएको बताइएको छ । यद्यपि, कार्यविधिभित्र समावेश गरिएका विषयवस्तुहरूबारे विस्तृत विवरण भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।

कार्यविधि पारित भएसँगै विशेष महाधिवेशनका मूल राजनीतिक प्रस्ताव, संगठनात्मक संरचना र नेतृत्वसम्बन्धी विषयमा छलफल अघि बढ्ने छ।

सम्बन्धित समाचार