काठमाडौं-नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।
आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा शर्मा र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएको निर्वाचन समिति स्रोतले जनाएको छ ।
कांग्रेस विधानमा दुई जना महामन्त्री रहने व्यवस्था छ । सोहि अनुरुप उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि नै सभापतिमा गगन थापाको एकल उम्मेदवारी परिसकेको छ ।
यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको स्रोतले जनाएको छ ।
मनोनयन दर्ताको समय सकिएसँगै उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिए ।