AarthikBikash
बुधबार, माघ १, २०८२
  • होमपेज
  • राजनीति
  • कांग्रेस विशेष महाधिवेशन: निर्वाचन कार्यतालिका संशोधन, मतदान राति ८ बजेदेखि

कांग्रेस विशेष महाधिवेशन: निर्वाचन कार्यतालिका संशोधन, मतदान राति ८ बजेदेखि

  • बुधबार, माघ १, २०८२
कांग्रेस विशेष महाधिवेशन: निर्वाचन कार्यतालिका संशोधन, मतदान राति ८ बजेदेखि

काठमाडौं-भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।

आजै राति ८ बजेदेखि मतदान सुरु गर्नेगरी निर्वाचन कार्यतालिका संशोधन गरिएको हो ।

केन्द्रीय निर्वाचन समितिका अनुसार ५ बजे विरोधको छानबिन पश्चात् पुनः नामावली प्रकाशन गरिनेछ भने ५:३५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता फिर्ताको रहेको समय छ । यस्तै ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

मंगलबार बन्द सत्र सकिएपछि सुरु भएको निर्वाचन प्रक्रिया आज बिहानसम्मका लागि स्थगित भएको थियो ।

विशेष महाधिवेशन र संस्थापन पक्षबीच भएका वार्ता असफल भएपछि निर्वाचन प्रक्रिया पुन अघि बढाइएको हो ।

उता संस्थापन पक्षले आह्वान गरेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले १५औं नियमित महाधिवेशनको लागि नयाँ कार्यतालिका ल्याउने प्रस्ताव अनुमोदन गरेको छ ।

सम्बन्धित समाचार