AarthikBikash
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • राजनीति
  • गगन पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक कुपण्डोलमा, बैठकपछि निर्वाचन आयोग जाँदै

गगन पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक कुपण्डोलमा, बैठकपछि निर्वाचन आयोग जाँदै

  • बिहिबार, माघ २, २०८२
गगन पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक कुपण्डोलमा, बैठकपछि निर्वाचन आयोग जाँदै

काठमाडौं-नेपाली कांग्रेसको वैधानिक नेतृत्व आफूहरू नै भएको दाबी गर्दै गगन थापा पक्ष आज निर्वाचन आयोगमा जाँदैछ ।

बुधबार मध्यरातमा सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापति निर्वाचित गर्दै केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

विशेष महाधिवेशनबाट महामन्त्री चुनिएका गुरुराज घिमिरेले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा जाने तयारी भइरहेको बताए। विशेष महाधिवेशन पक्षले पार्टीको विधानअनुसार विशेष महाधिवेशन भइरहेको र शेरबहादुर देउवा नेतृत्वको कार्य समिति भंग भएको लिखित जानकारी मंगलबार नै आयोगमा गराइसकेको थियो ।

त्यसको भोलिपल्ट शेरबहादुर देउवा पक्षले गगन थापा र विश्वप्रकाश शर्मा निष्कासनमा परेको विवरण आयोगमा पठाएको थियो ।

उता, विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक अहिले ललितपुरको कुपण्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा बसेको छ ।

गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको यो पहिलो बैठक हो ।

सम्बन्धित समाचार