काठमाडौं-गगन थापा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनबारे निर्वाचन आयोगलाई लिखित र मौखिक रुपमा जानकारी गराएको छ।
बिहीबार दिउँसो निर्वाचन आयोग पुगेर सभापति गगन थापासहित सम्पूर्ण पदाधिकारीहरुले त्यसबारे जानकारी गराएका हुन् ।
साथै नयाँ आएको केन्द्रीय कार्यसमितिको बारेमा जानकारीसहित अध्यावधिकका लागि जानकारी गराएको हो ।
त्यस्तै आयोगसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग बोल्दै सभापति गगन थापाले आफूहरुले विशेष महाधिवेशनको वैधानिकता पाउनेमा ढुक्क रहेको दाबी गरेका छन् ।