AarthikBikash
बिहिबार, माघ ९, २०८२
  • होमपेज
  • राजनीति
  • जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने मन्त्रिपरिषद्को निर्णय

जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने मन्त्रिपरिषद्को निर्णय

  • बिहिबार, माघ ९, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले पाएका छन्। यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका जगदीश खरेल सरकारका प्रवक्ताका रुपमा रहेका थिए । प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो। रिक्त पदमा आजको मन्त्रिपरिषद् बैठकले अर्याललाई सरकारको आधिकारिक प्रवक्ताको जिम्मेवारी दिएको हो। यस्तै सरकारले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ ।

सरकारले जेनजी आन्दोलनबारे घटनाको जाँचबुझ गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो । आयोग गठन गर्दा ३ महिनाको समय दिएर घटनाको जाँचबुझ गरी प्रतिवेदन तयार पार्न भनिएको थियो । गत असोज ८ गतेदेखि काम थालेको आयोगले तोकिएको तीन महिना सकिएपछि पुसमा एक महिना थपिएको थियो ।

पछिल्लो पटक थपिएको म्याद पनि आज सकिएपछि आयोगले प्रतिवेदन लेखनको काम अझै बाँकी रहेकाले दुई साताका निम्ति पुनः म्याद बढाउन सोमबार मन्त्रिपरिषद्समक्ष प्रस्ताव गरेको थियो । सोहि प्रस्तावअनुसार बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले थप २० दिन समय दिने निर्णय गरेको हो ।

सम्बन्धित समाचार