काठमाडौं– नेपाली कांग्रेसको नवनिर्वाचित सभापति गगनकुमार थापासहित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । दोस्रो विशेष महाधिवेशनबाट निवार्चित पदाधिकारीहरुले शुक्रबार पार्टी कार्यलय सानेपामा पदभार ग्रहण गरेका हुन् । सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे तथा सहमहामन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । पदाधिकारीहरुको पदभार ग्रहणपछि केन्द्रीय समितिको बैठक सुरु भएको छ । उक्त बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने बताइएको छ । गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्बत रुपमा सभापति निर्वाचित भएका थिए ।