AarthikBikash
शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • राजनीति
  • नेतृत्व परिवर्तन गरेको कांग्रेसले देशलाई पनि बदल्छ : सभापति गगनकुमार थापा

नेतृत्व परिवर्तन गरेको कांग्रेसले देशलाई पनि बदल्छ : सभापति गगनकुमार थापा

  • शुक्रबार, माघ १०, २०८२
नेतृत्व परिवर्तन गरेको कांग्रेसले देशलाई पनि बदल्छ : सभापति गगनकुमार थापा

काठमाडौं-नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेतृत्व परिवर्तन गरेका आफूहरुले देश बदल्ने बताएका छन् ।

आज बसेको केन्द्रीय समिति बैठकपछि पार्टी कार्यालय सानेपामा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले भने- ‘कांग्रेस बदलिएको छ, यो आफैँ बदलिएको होइन, हामीले बदलेर आएका हौँ । अब बदलिएको कांग्रेसले देशलाई पनि बदल्छ । यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दै छौँ हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति ।’

त्यस्तै आज बसेको केन्द्रीय समिति बैठकले थापालाई आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आफूलाई पार्टीका नेता कार्यकर्ताहरुले जिम्मेवारी दिएको आफू त्यसलाई पूरा गर्ने संकल्प गरेको समेत बताए ।

गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा १३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो ।

साथै विशेष महाधिवेशनका बेला भएका केही तिक्तताहरु फालेर निर्वाचनमा होमिन समेत आग्रह गरे ।

बैठकपछि सभापति थापा चुनाव प्रचारका लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम छ । यसअघि निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित थापा यसपटक सर्लाही ४ मा उम्मेदवार छन् ।

सम्बन्धित समाचार