AarthikBikash
शुक्रबार, चैत्र १३, २०८२
  • होमपेज
  • राजनीति
  • परराष्ट्र नदिएपछि अमरेशद्वारा उद्योग मन्त्री पद अस्वीकार

परराष्ट्र नदिएपछि अमरेशद्वारा उद्योग मन्त्री पद अस्वीकार

  • शुक्रबार, चैत्र १३, २०८२
परराष्ट्र नदिएपछि अमरेशद्वारा उद्योग मन्त्री पद अस्वीकार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेश कुमार सिंह आफूलाई दिइएको उद्योग, वाणिज्य एवं आपूर्ति मन्त्री पद अस्वीकार गरेका छन् ।  सिंहले आफू देश र जनताको सेवामा जनप्रतिनिधि एवं सामान्य नागरिकको रूपमा सधैं क्रियाशील रहने जानकारी गराएका छन् । उनले परराष्ट्र मन्त्रीमा दावी गरेका थिए । तर, प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र पार्टी सभापति रवि लामिछानेले उनलाई उद्योग मन्त्री बनाउने निर्णय गरेका थिए ।  अमरेश सिंहले सर्लाही–४ बाट नेपाली कांग्रेसका सभापति गगन थापालाई पराजित गरेका थिए । उद्योगमन्त्री अस्वीकार गरेको कुरा पत्रकार विजय पाण्डेले फेसबुकमा लेखेका थिए । सोही कुरा सिंहले समेत सेयर गरेका छन् ।

सम्बन्धित समाचार