AarthikBikash
सोमवार, चैत्र १६, २०८२
  • होमपेज
  • राजनीति
  • ओलीको रिहाइको माग गर्दै तेस्रो दिन पनि एमाले सडकमा

ओलीको रिहाइको माग गर्दै तेस्रो दिन पनि एमाले सडकमा

  • सोमवार, चैत्र १६, २०८२
ओलीको रिहाइको माग गर्दै तेस्रो दिन पनि एमाले सडकमा

काठमाडौं – नेकपा एमालेका नेता कार्यकर्ताहरूले आज पनि विरोध प्रदर्शन जारी राखेका छन् ।

नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै एमालेका पदाधिकारीहरूसमेत सडक प्रदर्शनमा उत्रिएका हुन्।

जेनजी आन्दोनलको छानबिन गर्न बनेको आयोगको सिफारिस कार्यान्वयन गर्ने भन्दै शनिबार सरकारले ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेका थिए। त्यसै दिनदेखि सडकमा प्रदर्शन जारी छ ।

आजपनि दिउँसो १ बजेदेखि ३ बजेसम्म माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडक प्रदर्शन भएको छ ।

सचिवहरू भानुभक्त ढकाल, राजन भट्टराई, शेरधान राई प्रदर्शनमा उत्रिएका छन्।

ओलीलाई राजनीतिक पूर्वाग्रहका आधारमा गैरकानुनी ढंगले नियन्त्रणमा लिएको आरोप लगाउँदै शनिबार नै बसेको सचिवालयको आकस्मिक बैठकले देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । जसअनुसार राजधानीसहित विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्। हिजो देशभरका जिल्ला प्रशासन कार्यालयमा जुलुससहित पुगेर विरोधपत्र बुझाएको थियो ।

एमालेको राजधानी प्रदेश कमिटीको संयोजनमा हुने आजको कार्यक्रम दिउँसो १ बजेका लागि तय गरिएको छ।

सम्बन्धित समाचार