AarthikBikash
मङ्लबार, चैत्र २४, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

  • मङ्लबार, चैत्र २४, २०८२
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं– नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् ।  मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो ।  निलम ढुंगाना र बमबहादुर मिश्रको अवकाशपछि दुई डेपुटी गभर्नर रिक्त रहेको थियो । गभर्नर विश्व पौडेलले किरण पण्डित , रामशरणा खरेल, गुरुप्रसाद पौडेल र दीर्घ रावलको नाम सिफारिस गरेका थिए । बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त प्रस्ताव पेश गरेका थिए । अर्को रिक्त डेपुटी गभर्नरमा भने अहिले नियुक्ति गरिएको छैन । यसैगरी राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

सम्बन्धित समाचार