एजेन्सी – पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले अमेरिका–इरानबीच भएको युद्धविराम घोषणाको स्वागत गर्दै दुवै देशलाई थप वार्ताका लागि पाकिस्तान आउन औपचारिक निम्ता दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा यस पहललाई “विवेकपूर्ण कदम” भन्दै दुवै पक्षप्रति कृतज्ञता व्यक्त गरेका छन्।
शरीफका अनुसार आगामी शुक्रबार, अप्रिल १० मा पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता आयोजना गर्ने तयारी गरिएको छ । “इस्लामाबाद वार्ताले दिगो शान्तिको मार्ग खोल्ने विश्वास लिएका छौं,” उनले बताएका छन्।
पाकिस्तानले इरान र अमेरिकासँगको सन्तुलित सम्बन्धलाई उपयोग गर्दै आफूलाई शान्ति दूतको रूपमा प्रस्तुत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यही मध्यस्थताका कारण अमेरिका र इरानबीच युद्धविराम सम्भव भएको दाबी पनि गरिएको छ।
युद्धविराम सहमतिपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको सैन्य कारबाही दुई हप्ताका लागि रोकिएको घोषणा गरेका छन् ।