AarthikBikash
बुधबार, बैशाख ९, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • दीपक भट्ट र सुलभ अग्रवालमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

दीपक भट्ट र सुलभ अग्रवालमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

  • बुधबार, बैशाख ९, २०८३
दीपक भट्ट र सुलभ अग्रवालमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

काठमाडौं – दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न सात दिनको म्याद थपिएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतले न्यायाधीश तिलकबहादुर कार्कीको इजलासमा सात दिनको म्याद थप गर्न अनुमति दिएको हो ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ३० दिनको म्याद माग गर्दै दुवै जनालाई अदालतमा उपस्थित गराएको थियो। तर, अदालतले भने ७ दिनको मात्रै म्याद स्वीकृत गरेको छ।

नेपाल प्रहरीदेखि नेपाली सेनासम्मको ठेक्कापट्टामा हालीमुहाली गर्दै आएका विचौलिया भट्ट चैत्र १९ काठमाडौंको गैह्रिधारबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको थियो ।

उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको थियो।

सम्पत्ति शुद्धीकरणको आरोपमा प्रहरीले पक्राउ गरेका भट्टलाई जिल्ला सरकारी वकिल काठमाडौंले अदालतमा पेस गरेको थियो । त्यसपछि भट्टमाथि काठमाडौं जिल्ला अदालतले हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो ।

बिचौलिया भट्टका साझेदार शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालका छोरा सुलभ अग्रवाल पनि चैत्र २१ गते भैरहवाबाट पक्राउ परेका थिए । सुलभमाथि पनि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको थियो ।

यसअघि सुलभ पक्राउ पर्नुअघि नै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र्अथात् सुलभका बुबा पनि पक्राउ परेका थिए ।

भट्ट पक्राउ परेसँगै फरार रहेका सुलभ बुबा शंकरलाई प्रहरीले नियन्त्रणमा लिएसँगै प्रहरीको सम्पर्कमा आएका थिए। त्यसपछि शंकरलाई बयान सकेर छोडिएको थियो ।

शंकर ग्रुपको मुख्य कम्पनी जगदम्बा स्टिल हो । यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत क्षेत्रमा लगानी गरेको छ । शंकर ग्रुप र भट्टका कम्पनीबीच ४५ करोड अवैध कारोबार भएको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार