AarthikBikash
मङ्लबार, असार २३, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • डाबरको मह गुणस्तरहीन, बजारबाट तत्काल फिर्ता गर्न आदेश

डाबरको मह गुणस्तरहीन, बजारबाट तत्काल फिर्ता गर्न आदेश

  • बिहिबार, जेष्ठ ७, २०८३
डाबरको मह गुणस्तरहीन, बजारबाट तत्काल फिर्ता गर्न आदेश

काठमाडौं – डाबर नेपालद्वारा उत्पादन गरिएको ‘डाबर हनी’ न्यून गुणस्तरको भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नमुना परीक्षणका क्रममा उक्त उत्पादन न्यून गुणस्तरको पाइएपछि सम्बन्धित ब्याचका सबै हनी तत्काल बजारबाट फिर्ता गर्न तथा बिक्री वितरण रोक्न उत्पादक कम्पनीलाई आदेश दिएको जनाएको हो ।

विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम उक्त निर्णय गरिएको हो। विभागले उपभोक्तालाई पनि सचेत रहन आग्रह गर्दै सम्बन्धित ब्याच नम्बरका उत्पादन प्रयोग नगर्न अनुरोध गरेको छ।

त्यस्तै, विभागले म्याग्नेसियम ग्लाइसिनेट मिसाइएका कुनै पनि खाद्य पदार्थ उत्पादन, बिक्री तथा वितरण नगर्न समेत चेतावनी दिएको छ।

विभागले यस्तो पदार्थ प्रयोग गरी उत्पादन वा बिक्री वितरण गरिएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।

सम्बन्धित समाचार