AarthikBikash
आइतवार, असार ७, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • हास्यकलाकार खेम शर्मा ‘चतुरे’ को निधन

हास्यकलाकार खेम शर्मा ‘चतुरे’ को निधन

  • आइतवार, असार ७, २०८३
हास्यकलाकार खेम शर्मा ‘चतुरे’ को निधन

काठमाडौं – चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’ को आज बिहान अमेरिकामा निधन भएको छ । अमेरिकी समयअनुसार बेलुका ८ बजे बाल्टिमोरस्थित फ्यांकलिन स्क्वायर अस्पतालमा उनले अन्तिम सास लिए ।

उक्त अस्पतालमा पुगेका कलाकार तथा मोडल मनिष शर्माले उपचारको क्रममा शर्माको निधन भएको जनाए । उनका अनुसार, बुधबार स्वास्थ्य असहज भएपछि शर्मालाई टाउसन अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट फ्यांकलिन अस्पतालमा रिफर गरिएको थियो ।

उनीसँग थुप्रै सिरियलमा सहकार्य गरेका कलाकार शिवहरि पौड्यालले पनि शर्माको निधनको पुष्टि गरेका छन् । उनले फेसबुकमा असल साथी गुमाएको उल्लेख गरेका छन् ।

लामो समयदेखि परिवारसहित अमेरिकामा बस्दै आएका शर्माले थुप्रै फिल्म र टेलिफिल्ममा अभिनय गरेका छन् । ‘चतुरेको दाउपेच’ उनको चर्चित सिरियल हो ।

सम्बन्धित समाचार