AarthikBikash
आइतवार, असार १४, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • काठमाडौं-धनगढी उडानको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौं-धनगढी उडानको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

  • आइतवार, असार १४, २०८३
काठमाडौं-धनगढी उडानको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौं – काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

एसएचए २२७ जहाज भैरहवामा अवतरण गरेको र अहिले यात्रुहरू विमानस्थलमै रहेको सो विमानस्थलका महाप्रवन्धक श्याम किशोर साहले जानकारी दिए ।

उनका अनुसार कम्पनीले काठमाडौंबाट अर्को जहाज ल्याएर यात्रुलाई धनगढी लैजाने जानकारी गराएको छ । ककपिटमा धुवाँको संकेत मिलेपछि पाइलटले जहाजलाई तत्काल भैरहवा अवतरण गर्ने निर्णय लिएको उनले जानकारी दिए ।

यसबारे थप जाँच भएपछि समस्याबारे स्पष्ट हुने उनको भनाइ छ ।

सम्बन्धित समाचार