AarthikBikash
बिहिबार, असार १८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पत्रकार खेम भण्डारी पक्राउ

पत्रकार खेम भण्डारी पक्राउ

  • बिहिबार, असार १८, २०८३
पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं– कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बिहान करिब ७ बजे भीमदत्त नगरपालिका–१८ स्थित निवासबाट भण्डारीलाई पक्राउ गरेको हो। कञ्चनपुर प्रहरीका अनुसार जिल्ला अदालत कञ्चनपुरले गालीगलौजसम्बन्धी मुद्दामा २०८२ साल चैतमा भण्डारीलाई १ वर्ष ७ दिन कैद तथा १२ हजार १०० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसला कार्यान्वयनका लागि भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सम्बन्धित समाचार